गाउँ सहर
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर आइतबार, २०८१ | १८:१४:०० मा प्रकाशित
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए ।
प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत मंसिर ४ गते पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा आइतबार निवेदन दर्ता गरेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट पाउने
- मन्त्री पौडेलको निर्णय : मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख
- रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
- झन् झन् निराश लगानीकर्ता
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- पछिल्लाे चार महिनामा चार खर्ब बढी व्यापार घाटा
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
- अब धरहरा चढ्न पैसा लाग्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
प्रतिकृया दिनुहोस