लगातार जितसँगै नेपाललाई ओडीआई सिरिज, नेपालले बनायाे ३ कीर्तिमान
- गाउँ सहर संवाददाता
- २७ माघ शनिबार, २०८० | १७:२३:०० मा प्रकाशित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ ।
शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो ।
क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।
कप्तान रोहित पौडेल, यू१९ कप्तान देव खनाल र ओपनर अनिल शाहले अर्धशतक बनाएपछि नेपाल सहज जिततर्फ अघि बढेको थियो । तर मध्यक्रममा अन्त्यतिर लगातार विकेट गएपछि नेपाल केहि दबाबमा पर्यो ।
रोहितले १ सय १ बलमा ८७ रनको योगदान दिएका थिए । ८ चौका र ४ छक्का जोडेका उनी पाँचौ विकेटको रुपमा आउट भएका थिए । विपक्षी कप्तान साद बिन जफरको बलमा एज लागेपछि उनी कट बिहाइन्ड भएका थिए ।
ओपनर अनिल शाहको आक्रामक सुरुवातपछि कप्तान रोहित र देवले तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । यसअघि कुशल भुर्तेल र रोहितले नामिबियाविरुद्ध २०२३ मा १ सय ३३ रनको साझेदारी गरेका थिए ।
देवले ३४ औं ओभरमा हर्ष ठाकरलाई क्याच फिर्ता दिएपछि साझेदारी तोडिएको थियो । देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिए । उनले ५६ बलमा अर्धशतक बनाएका थिए ।
देव आउट भएपछि क्रिजमा आएका भीम सार्की २१ बलमा २३ रन जोडेर आउट भए । ४ चौका प्रहार गरेका उनी दिलप्रित बज्वाको बलमा विकेटकिपरबाट समातिए । पवन सर्राफ पनि ८ बलमा २ चौका र १ छक्कासहित १४ रन जोडेर आक्रामक सट खेल्ने क्रममा ठाकरकै बलमा कट बिहाइन्ड भए । सोमपाल कामी र कुशल मल्लले नेपाललाई जितसम्म पुर्याए । दुवै ९-९ रनमा नटआउट रहे ।
त्यसअघि ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । अनिलले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।
अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।
पाँचौ ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका थिए । उनी १६ बलमा १० रन जोड्दै सोहिकै बलमा क्याच आउट भए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालले लगातार २ विकेट गुमाएको थियो । त्यसपछि अनिल र रोहितले इनिङ सम्हाल्दै जितको आधार तयार गरे ।
क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके ।
यस्तो छ नेपालको जितमा बनेका ३ कीर्तिमान :
ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । अनिलले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।
अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।
२. तेस्रो विकेटका लागि सर्वाधिक साझेदारी
कप्तान रोहित पौडेल र देव खनालले तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । यसअघि कुशल भुर्तेल र रोहितले नामिबियाविरुद्ध २०२३ मा १ सय ३३ रनको साझेदारी गरेका थिए ।
देवले ३४ औं ओभरमा हर्ष ठाकरलाई क्याच फिर्ता दिएपछि साझेदारी तोडिएको थियो । देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिए । उनले ५६ बलमा अर्धशतक बनाएका थिए ।
नेपालको सर्वाधिक ठूलो लक्ष्य पूराको बराबरी
क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंकका ग्राहकलाई बुद्ध एयरमा कुमारी छुट
- ब्रिटिस कलेजका एसीसीए विद्यार्थी पुन: विश्व टपर
- १९८ बाटै अब नेपाल टेलिकमका ‘फाइबर टु द होम’ प्याकेजहरू परिवर्तन गर्न सकिने
- वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण
- ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता
- यस्ताे छ चालु आर्थिक वर्षका लागि मौद्रिक नीति (पूर्णपाठ)
- राजस्व अनुसन्धान विभागद्वारा ७ जनाविरुद्ध मुद्दा दायर, साढे ३ करोड बिगो दाबी
- पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला
- योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
- ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी र महिला सञ्चालकमा ज्ञवाली
प्रतिकृया दिनुहोस