वातावरण

पानी पर्ने छाँट देखिएन, बुधबार आंशिक बदली देखि मौसम मुख्यतया सफा

काठमाडाैँ । आज ०८० माघ १६ गते मंगलबार, जल तथा माैसम विभागका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत