गाउँ सहर

मेलम्चीकाे खानेपानी आइएन, यी नम्बरमा फाेन गर्नुस्

काठमाडौं । सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ ।

सरकारले दिएको निर्देशन कार्यान्वयन गराउन खानेपानी मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ । सोही अनुसार मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी नम्बरसमेत सार्वजनिक गरेको छ । 

मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा यी नम्बरमा सिधा सम्पर्क राखी कार्यान्वयन गराउन लगाउनु पर्ने सूचनामा उल्लेख छ । 

संयोजकः पदम बहादुर कुँवर

सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०

सदस्य: उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के. यु. के. एल. ९८४१३५१५८५

सदस्य: विकेश बधानथ्याचे, सी.डी.ई. आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२

सदस्य: दीपेश ढकाल के.यु.के.एल. ९८६०७४४६९६

गाउँ सहर संवाददाता

तपाईँको मत