गाउँ सहर

सर्वोच्चको न्यायाधीशमा सिफारिस सबै जनाको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम मंगलबार बसेको सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।

सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन भएको जानकारी दिए ।

अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत