अर्थतन्त्र

नेप्से बढेर २१ सय माथि, यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ४५.९८ अंकले बढेर दुई हजार एक सय ६ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।                        

त्यस्तै, आज ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १८३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, बीपीडब्लू लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.२६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३७ करोड ४३ लाख बराबरको कारोबार भएको छ ।    

गाउँ सहर संवाददाता

तपाईँको मत