गाउँ सहर

अहिले अर्थतन्त्र सकारात्मक स्थितितर्फ उन्मुख छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् । 

उनले भने, ‘यो लामो प्रयासपछि भएको हो । नेपालको अर्थतन्त्र ठीक छैन र अप्ठ्यारो छ भन्ने अहिले हटेको छ । पूँजीगत खर्च ६ प्रतिशले बढेको छ । समग्रमा ४ प्रतिशत राजस्व संकलनमा सुधार भएको छ । बैंकहरूले व्याज घटाउँदै गएका छन् । शेयर बढ्दै गएको छ । भने, जग्गाको कारोबार पनि बढेको छ ।’

‘मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक नीतिमा सहजता प्रदान गर्न सकियो,’ उनले भने, ‘ठेक्कापट्टामा पनि चाँडो गर्न कार्यविधि बनाइरहेका छौँ । अहिले अर्थतन्त्र सकारात्मक स्थितितर्फ उन्मुख छ ।’

अहिले पुँजीगत खर्च र राजस्व वृद्धिमा सुधार भइरहेको अर्थमन्त्री महतले बताए । सेयर बजारमा मौद्रिक नीतिको समीक्षाले सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत