रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको पुष्टि, भर्ना भएकालाई तत्काल नेपाल फर्काउ : परराष्ट्र मन्त्रालय
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर सोमबार, २०८० | १८:५२:०० मा प्रकाशित

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६जनाको नामसमेत सार्वजनिक गरेको छ।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कस्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ।
परराष्ट्रले ६ जनाकै शव यथाशिघ्र नेपाल पठाइदिन रुसी सरकारलाई आग्रह गरेको छ। उसले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारसँग मागसमेत गरेको छ।
विदेशी सेनामा नेपाली नागरिक भर्ना अनुमति दिने नेपाल सरकारको नीति नरहेको मन्त्रालयले स्पष्ट पारेको छ। 'रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिएको छ,' जारी विज्ञप्तिमा भनिएको छ।
त्यस्तै रुसी सेनामा भर्ना भई हालः युक्रेनमा बन्दी अवस्थामा रहेका विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्दा एनओसी अनिवार्यरूपमा लिन आग्रह गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
प्रतिकृया दिनुहोस