समय थपेर पनि सुध्रिएन सेयर बजार, १७.९३ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर बुधबार, २०८० | १६:४१:०० मा प्रकाशित

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो ।
नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब १ करोड रुपैयाँमा खुम्चियो ।
कुल ४२ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचकहरु घटेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.१३ प्रतिशत घट्यो ।
अंकका आधारमा बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स २१, होटल तथा पर्यटन ५५, जलविद्युत् २८, जीवन बीमा १५९, उत्पादन १०६, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १५४ र ब्यापार उपसमूह २९ अंक घटे । अन्य उपसमूह भने जम्मा २ अंक बढ्यो ।
बुधबार प्राविधिक कारणले सेयर बजार बिहान ११ बजेर २४ मिनेटमा मात्रै खुलेको थियो । जसले गर्दा नेप्सेले कारोबार अवधि ३ बजेर २४ मिनेटसम्म कायम गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
प्रतिकृया दिनुहोस