अब जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर बुधबार, २०८० | १०:४०:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अब जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन्।
त्रिवि नेपाली विषय केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपाली विषय स्थायी समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकालाई स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय भएको जानकारी दिए।
उनका अनुसार त्रिवि नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो।
यसअघिसम्म स्नातक तहमा नेपाली विषय पढेका विद्यार्थीले मात्रै स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने व्यवस्था थियो।
नेपाली विषय स्थायी समितिका अध्यक्ष लुइँटेलका अनुसार यसका लागि त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको,त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
प्रतिकृया दिनुहोस