गाउँ सहर

बर्दियामा आगलागी, एकै घरका ३ बालबालिकासहित ४ जनाको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गए राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको अनुन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत