विद्युत
१२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर मंगलबार, २०८० | १४:२१:०० मा प्रकाशित

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।
प्राधिकरणका अनुसार साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको हो । विद्युत् निर्यातले नेपाल र भारतबिचको व्यापार घाटा कम गरेको र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा विक्री सुरु गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस