दुर्गा प्रसाईंले गर्ने भनिएकाे मंसिर ७ को कार्यक्रमलाई साथ दिनुपर्छ : डा. लोहनी
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर सोमबार, २०८० | १६:२५:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं संस्थापक डा.प्रकाशचन्द्र लोहनीले मेडिकल व्यवसायी तथा पूर्व एमाले नेता दुर्गा प्रसाईंले यहि मंसिर ७ गते काठमाडौंमा गर्ने भनिएको कार्यक्रमलाई साथ र नैतिक समर्थन दिनुपर्ने बताएका छन् ।
डा. लोहनीले प्रसाई नेतृत्वको आन्दोलनमा राप्रपाले साथ दिनुपर्ने भन्दै सोमवार ४ बुँदे वक्तव्य जारी गर्दै राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अघि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन वा जनसंघर्षमा राप्रपाका कार्यकर्ताको सहभागिता हुनुपर्ने बताएका छन् ।
१. राप्रपा नेपालको नव निर्माण गर्ने अठोट र चिन्तन बोकेको उज्यालो तारा हो ।
२. राप्रपाको एकता महाधिवेशनले राष्ट्रियता, स्वतन्त्रता र देशको सार्वभौमिकताको पहरेदारको रूपमा अगाडि बढ्न र यसको लागि निरन्तरता सहितको गतिशीलताको सिद्धान्तलाई आत्मसात् गर्न हामीलाई निर्देश गरेको छ ।
३. एकता महाधिवेशनमा पारित राप्रपाको आर्थिक र राजनीतिक दस्ताबेज का केहि मूल तत्त्व छन् । ती हुन् (क) संविधान भित्रको राज संस्था स्थापित गर्ने (ख) सर्व धर्म समभाव सनातन हिन्दु राष्ट्रको पहिचान कायम गर्ने (ग) तल्लो तहको सरकारलाई संविधान बाट बढी भन्दा बढी अधिकारको हस्तान्तरण गर्ने (घ) राज्य शक्ति को दुरुपयोग र भ्रष्ट्राचार विरुद्ध कसैप्रति मुलाहिजा नराखी कठोर प्रहार गर्ने (ङ) साना किसान, साना उद्योग व्यवसायी र मजदुर मैत्री आर्थिक नीति र संरचना लागु गर्ने (च) देश भित्र गरी खाने वर्गलाई नयाँ उन्नतिको मौका र उत्साह प्रदान गर्ने (छ) माथि उल्लेखित दृष्टिकोण कायम गर्न संविधान मा आवश्यक संशोधन गर्ने ।
४. राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जन अभियानरजन प्रदर्शनरसंघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन हुनु स्वभाविक हुन आउँछ ।
उनले अन्तिममा भनेका छन् अत: मङ्सिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । यही अनुरोध राप्रापाका सबै साथीहरू तथा आम जनसमुदायमा राख्दछु ।
प्रसाईले वर्तमान गणतन्त्रात्मक व्यवस्थालाई फालेर राजा फर्काउने भन्दै ७ गते काठमाडौंमा ५ लाख भन्दा धेरै मान्छे उतार्ने दाबी गर्दै आएका छन् । उनले पछिल्लो समय राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियानको नेतृत्व गर्दै आएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस