एक अंकले बढेकाे नेप्सेमा एक अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर सोमबार, २०८० | १६:१२:०० मा प्रकाशित

काठमाडौं । तिहारको लामो बिदापछि खुलेको नेपालको शेयर बजारमा पहिलो कारोबार दिन सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अंकले बढ्दै १८५३.४८ बिन्दुमा पुगेको छ । कारोबार रकम १ अर्ब ९ करोड रुपैयाँ नाघेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज शेयर बजारमा ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले प्रतिशत हिसाबमा सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीको शेयरमा ९.९८ प्रतिशत वृद्धि हुँदा प्रतिकित्ता मूल्य ८३ रुपैयाँ बढेर ९१५ रुपैयाँ पुगेको छ ।
फरवार्ड माइक्रोफाइनान्सका शेयरधनीहरूले भने आज सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा प्रतिकित्ता मूल्य १२० रुपैयाँ ९० पैसाले घटेर १०८८ रुपैयाँ ६० पैसा कायम भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस