महिला टि२० आई सिरिजमा नेपाल तेस्रो
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर आइतबार, २०८० | १०:२६:०० मा प्रकाशित

काठमाडौं । नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको छ ।
जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनायो ।
जापानकी ओपनर अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन् ।
संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाखृनले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो । नेपालको जितमा ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् ।
रोमा थापा १९ बलमा ३ चौकासहित २२ रन बनाउदै रन आउट भैइन् । नेपालले ओपनर सीता रानामगरलाई पाँच रनमा गुमाएको थियो । एरिका क्विइनको दोस्रो ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएकी थिइन् ।
कप्तान इन्दु बर्मा २१ बलमा १ चौकासहित १२ रनमा क्याच आउट भैइन् । उनी आयुमी फुजिकावाको बलमा कियोबाट समातिन पुगेकी थिइन् ।
रुबिना बेलबासे १९ बलमा २ चौकासहित २१ रन बनाउदै रन आउट हुन पुगिन् ।
जापानकी एरिका क्विइन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक विकेट लिए ।
खेल बिहान ७: १५ मा सुरु हुनेछ । नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस