रेशम चौधरीविरुद्ध रिटको सुनुवाइ फेरि स्थगन
- गाउँ सहर संवाददाता
- १ मङ्सिर शुक्रबार, २०८० | १४:५२:०० मा प्रकाशित

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज पनि स्थगन गरिएको छ।
उनको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ गर्न न्यायाधीश कुमार रेग्मीको इजलास तोकिएको थियो। तर रेग्मीको इजलास आज बस्न नभ्याएको भन्दै सुनुवाइ स्थगन गरिएको हो।
उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।
तिहारपछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परे पनि सुनुवाइ नभएको हो।
टीकापुर घटनामा जन्मकैद सजाय सुनाइएका चाैधरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय माफी मिनाहा गरेपछि गत जेठ १५ गते छुटेका थिए।
चौधरी रिहा भएलगत्तै कैलालीको टीकापुर घटनामा मारिएका तत्कालीन इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा कठायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले पाकिस्तानविरुद्ध खेल्दै
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ
- बाला चतुर्दशीमा पशुपतिमा आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषले शुल्क लिएर बालिदिने व्यवस्था
- एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
- एनसेल प्रकरणमा समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन, सशक्त खबरदारी आवश्यक छ : थापा
- ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त
- प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
- साताको कारोबारको अन्तिम दिन आज नेप्से दोहोरो अंकले बढेर बन्द
- एनसेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन, ३० दिनको कार्यादेश
- पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने
प्रतिकृया दिनुहोस