गाउँ सहर

नेपाल संवत् ११४४ मनाइँदै, नेवार समुदायमा म्हः [आत्म] पूजा

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए ।

आजैको दिन नेवार समुदायमा  म्हः [आत्म] पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म [म्हः] पूजा पर्व मनाउने गर्दछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत