खेल

विश्वकप छनोट खेल खेल्न नेपाली फुटबल टोली युएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तगर्त पहिलो खेलका लागि आइतबार युएई प्रस्थान गरेको छ।

दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा टोलीमा आबद्ध हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । रोहित इन्डोनेसिया र मनीष बहराइनमा व्यवसायिक फुटबल खेल्छन्।

‘होम एन्ड अवे’ प्रणाली अनुसार हुने समूह चरणको आफ्नो पहिलो खेल नेपालले कात्तिक ३० गते घरेलु टोली युएईसँग दुबईमा खेल्नेछ ।

रक्षक योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी रक्षक अनन्त तामाङ भने युएईविरुद्ध टोलीमा छैनन् ।

नेपाली फुटबल टोली

गोलकिपर – किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षक -सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर – लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड -अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

गाउँ सहर संवाददाता

तपाईँको मत