गाउँ सहर
कर्णाली प्रदेशमा आज शोक बिदा, भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली
- गाउँ सहर संवाददाता
- १९ कार्तिक आइतबार, २०८० | ०८:२१:०० मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ । शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको थियो। प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस