गाउँ सहर

पोखरामा बस दुर्घटना, ११ जना घाइते, ३ जनाकाे अवस्था गम्भीर

कास्की । पाेखरामा नगरबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१७ छाेरेपाटनबाट पाेखरा–२२ पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाखेतमा दुर्घटना भएको हो ।

घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी दिएकाे छ । बसमा ३० जना यात्रु थिए । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा 'ब्रेक' नलाग्दा 'ब्याक' भएर दुर्घटना भएको प्रहरीले बताएको छ । पोखरा यातायात प्रालिको बस शान्ति स्तुपा हुँदै महादेव मन्दिरसम्म जाँदै थियो । बस सडकबाट तल खसेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत