गाउँ सहर

एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् ।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत