पाल्पाको रानीमहल दरबारनजिक भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ५ कार्तिक आइतबार, २०८० | १८:२०:०० मा प्रकाशित
पाल्पा । पाल्पाको रानीमहल दरबारनजिक भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । चालक घाइते छन् । पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । जिप चालक गम्भीर घाइते भएको भएकाे प्रहरीले बताएकाे छ ।
जिप बागमती प्रदेशको ७२०९ नम्बरको कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी रानीघाट र जिल्लाबाट गएको जनपथ प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली खटिएको छ ।
सडकबाट घटनास्थल पुग्न ठूलो भिर र पहाड भएकाले पनि कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस