रिठेपानी सहकारीकाे अध्यक्षमा कुशप्रसाद
- गाउँ सहर संवाददाता
- २८ असोज आइतबार, २०८० | १३:०९:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभाले अध्यक्षमा कुश प्रसाद गुरुङलाई चयन गरेको छ ।
वर्तमान अध्यक्ष प्रकाश पन्त र उपाध्यक्ष अमन घलेले पदवाट राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा वर्तमान सचिव कुश प्रसाद गुरुङ र उपाध्यक्षमा वर्तमान कार्यसमितिका सदस्य विष्णुप्रसाद गुरुङलाई सर्वसम्वत रुपमा चयन गरिएको हो ।
यसैगरी सोही साधारण सभाले सचिवमा विष्णुप्रसाद पौडेल,सह सचिवमा छविलाल कडेल र रिक्त रहेका दुई सदस्यमा तिल बहादुर गुरुङ र पार्वती भण्डारीलाई चयन गरेको छ अन्य सदस्य तथा पदाधिकारीहरु भने यथावत रहेका छन् ।
संयोजक विष्णुहरि पौडेल र सदस्यहरू हेमचन्द्र अधिकारी तथा लक्ष्मी गुरुङ्ग रहेकाे निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गराएको हो ।
यस पूर्वको समितिमा रहेका कोषाध्यक्षमा रामप्रसाद अधिकारी, सदस्यहरु तारादेवी गुरुङ, मञ्जु गुरुङ, मिना क्षेत्री तिमिल्सेना र सुर्य भटराईलाई यथावत राखेको छ भने समितिको लेखा संयोजकमा रेशम थापा र सदस्यहरुमा मन कुमारी तामाङ र पुष्पा गुरुङ पनि यथावत नै रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सहकारीले ब्यवहारिक भन्दा पनि कानुनको दायरामा वसेर लगानी गर्ने हो भने सेयर सदस्यको लगानी सुरक्षित हुने विश्वास दिलाएका थिए ।
निर्वाचित पदाधिकारी लाई निर्वाचन मण्डलका संयोजक विष्णुहरि पौडेलले सपथ ग्रहण गराएका थिए ।
संस्थाका अध्यक्ष प्रकाश पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिचोक आमा समाजकी अध्यक्ष देवी गुरुङ, लिटल फलावर स्कुलका प्रिन्सिपल विकल पौडेल लगायतले सहकारीले ऋण लगानी गर्दा धन जमानी भन्दा पनि धितोलाई नै आधार मान्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा संस्थाका असल कारोबारी, असल ऋणि र भवन निर्माण समितिका संयोजक तुल बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । संस्थाले दुई हजार दुई सय ३२ सेयर सदस्यहरुबाट चार करोड ६७ लाख १५ हजार पाँच सयको सेयर पुँजी बनाउन सफल भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस