टि२० आईमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने
- गाउँ सहर संवाददाता
- १५ असोज सोमबार, २०८० | ११:१५:०० मा प्रकाशित

काठमाडौं । नेपालले टि२० आईमा पहिलो पटक भारतसँग खेल्ने भएको छ । १९ औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा नेपाल र भारतबीच मंगलबार बिहान प्रतिस्पर्धा हुने भएको छ । लक्की ड्र मार्फत नेपालले भारतसँग खेल्न लागेको हो ।
नेपालले पहिलो पटक भारतसँग टि२० आई खेल खेल्न लागेको हो । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो ।
एकदिवसीय एसिया कपमा श्रीलंकाको कान्डीमा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर नेपालले भारतविरुद्ध ब्याटिङमा सानदार प्रदर्शन गर्दै विश्वको ध्यान केन्द्रित गरेको थियो ।
विश्वकपको कारण भारतले एसियाड खेल्न दोस्रो रोजाईको खेलाडी पठाएको छ । रिंकु सिंह, यशस्वी जैसवाल, ऋतुराज गायकवाड, आवेश खान, अर्शदीप सिंह, शिवम दुबे, वासिन्टन सुन्दर र राहुल त्रिपाठी लगाएका खेलाडी छन् ।
नेपालले हालसम्म ५९ टि२० आई खेल खेलेका छ । जसमा ३५ जित र २३ मा हार छ । नेपालले टि२० आईमा टेस्ट टोलीसँग हालसम्म बंगलादेशसँग १, आयरल्यान्डसँग ३ र जिम्बावेसँग २ खेल खेलेको छ ।
टि२० आईमा नेपालले सबैभन्दा धेरै नेदरल्यान्ड्ससँग ९ खेल खेलेको छ । त्यस्तै मलेसियासँग ८, हङकङ, केन्या र युएईसँग ५–५ खेल खेलेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस