टि२० आईमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने
- गाउँ सहर संवाददाता
- १५ असोज सोमबार, २०८० | ११:१५:०० मा प्रकाशित
काठमाडौं । नेपालले टि२० आईमा पहिलो पटक भारतसँग खेल्ने भएको छ । १९ औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा नेपाल र भारतबीच मंगलबार बिहान प्रतिस्पर्धा हुने भएको छ । लक्की ड्र मार्फत नेपालले भारतसँग खेल्न लागेको हो ।
नेपालले पहिलो पटक भारतसँग टि२० आई खेल खेल्न लागेको हो । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो ।
एकदिवसीय एसिया कपमा श्रीलंकाको कान्डीमा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर नेपालले भारतविरुद्ध ब्याटिङमा सानदार प्रदर्शन गर्दै विश्वको ध्यान केन्द्रित गरेको थियो ।
विश्वकपको कारण भारतले एसियाड खेल्न दोस्रो रोजाईको खेलाडी पठाएको छ । रिंकु सिंह, यशस्वी जैसवाल, ऋतुराज गायकवाड, आवेश खान, अर्शदीप सिंह, शिवम दुबे, वासिन्टन सुन्दर र राहुल त्रिपाठी लगाएका खेलाडी छन् ।
नेपालले हालसम्म ५९ टि२० आई खेल खेलेका छ । जसमा ३५ जित र २३ मा हार छ । नेपालले टि२० आईमा टेस्ट टोलीसँग हालसम्म बंगलादेशसँग १, आयरल्यान्डसँग ३ र जिम्बावेसँग २ खेल खेलेको छ ।
टि२० आईमा नेपालले सबैभन्दा धेरै नेदरल्यान्ड्ससँग ९ खेल खेलेको छ । त्यस्तै मलेसियासँग ८, हङकङ, केन्या र युएईसँग ५–५ खेल खेलेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस