गाउँ सहर

सुवास नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने

काठमाडौँ । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ ।

नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार भोलि विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ ।

त्यसअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत