गाउँ सहर

मधेश प्रदेशकी सांसद बिन्दुकुमारीकाे निधन

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।

मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।

उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।

पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।

सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।

गाउँ सहर संवाददाता

तपाईँको मत