दिगोविकास
मुक्तिनाथ विकास बैंकका ग्राहकले एभरेष्ट ओल्ड होटल र छाँया अस्पतालमा छुट पाउने
- गाउँ सहर संवाददाता
- १२ भदौ मंगलबार, २०८० | १२:०२:०० मा प्रकाशित
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटल अर्घाखाँची प्रालि र “छाँया अस्पताल प्रालि” मा छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यी दुई संस्थासँग व्यवसायीक सम्झौता गरेको हो ।
बैंकका अनुसार ग्राहकले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीमा १० प्रतिशत सम्म र छाँया अस्पताल प्रा.लिको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुको सेवाका लागि बैंकले विभिन्न संस्थाहरुसँग छुट सम्बन्धी सम्झौता गर्दै आएको छ । आगामी दिनमा पनि यस्तो छुट प्रदान गर्दै जाने बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस