अर्थतन्त्र

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरले अस्पतालमा उपचार गर्दा छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरे ।

बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहक तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपीडी सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवालगायतको अन्य उपचारमा छुट दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत