काठमाडाैँ । काराेबार हुने हप्ताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज बिहीबार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको सेयर सामान्य घटेको छ भने अरू समूहको सेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको सेयर १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको सेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन् । ४० हजार सात सय पटक भएका कारोबारबाट एक अर्ब ७८ करोड १९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस