राजनीति

आज बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ ।

सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक आज बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सोमबारसम्म बसेको थियो । सोमबारबाट स्थगित बैठक आज पुनः बस्न लागेको हो ।  

बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ । सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको जवाफ दिनेछन् ।  

गाउँ सहर संवाददाता

तपाईँको मत