अर्थतन्त्र

प्रभु बैंक र पिजफाइर रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् ।

रेष्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवामा उपलब्ध गराउने छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच ८ साउनमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले हस्ताक्षर गरे ।

प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक एवम् बैंकका कर्मचारीहरुले सो रेष्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत