आइतबार हाैसिएका सेयर लगानीकर्ता साेमबार दोहोरो अंकको गिरावटसँगै निराश
- गाउँ सहर संवाददाता
- ८ श्रावण सोमबार, २०८० | १६:३६:०० मा प्रकाशित

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएको दिन आइतबार हाैसिएका सेयर लगानीकर्ता साेमबार दोहोरो अंकको गिरावटसँगै निराश भएका छन् । सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा पुगेको छ ।
आम लगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दु मानिने २२०० अंकमा पुगेर नेप्से राेकिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस