अर्थतन्त्र

सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन

काठमाडौँ । सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन आउँदा नेप्से करिब स्थिर देखिएको छ । आइतबारभन्दा ०.८० अंकले घटेको बजार २०७६.९६ विन्दुमा रोकिएको छ । यो ०.०४ प्रतिशतको मात्र गिरावट हो ।

सोमबार कारोबार रकममा भने सुधार भएको छ । सोमबार २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार वित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै २.७१ प्रतिशतले कमाए ।

गाउँ सहर संवाददाता

तपाईँको मत