कला

गजल

रोप्यौँ गमलामा धान र लगायौँ माला हामी,
जलायौँ उद्घाटन दियो घ्यूको पाला  हामी।

गर्‍याे औपचारिकता पुरा तिमीले गर जनता,
अब जान्छौँ सदन छिमेकका गोठाला हामी।

जो जती फल्छन् गमलामा न्वागी खाउँला है,
खाद्यान आए बिदेशी पाल्छिन् लाला बाला।

किन जोत्ने रोप्ने यो हिलोमा छाडौँ यो टन्टा,
ल्याउँछौँ खाद्यान देशमा लगाई ताला हामी।

खेत बनाउँछौँ कलौनी नागरिक हुन्छन् खुशि,
नचाहिए गरू नबोक्छौँ हलो कोदाला हामी।

बुढा बुढीलाई पेन्सन विदेशमा बुहारी छोरा,
नबोक्नुपर्छ डोको नउठाइन्छन् डाला हामी।

तपाईँको मत