खेल

साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालकाे राम्राे सुरूवात हुने सकेन ।

भारतकाे बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएकाे छ । 

खेलको २३ औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए । ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।

 

नेपालका अन्जन विष्टले एक गोल फर्काए । त्यसपछि खेलको ६८ औं मिनेटमा अन्जनले गोल गरेपनि नेपाल ३-१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।

 

पहिलो पटक साफ खेलिरहेको कुवेतले जितबाट सुरूवात गरेकाे छ । 

समूह 'ए' मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ । यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत