चक्रपथ बाहिरका यी वडामा सिसिटिभी क्यामेरा जडान हुने
- गाउँ सहर संवाददाता
- १ असार शुक्रबार, २०८० | ०७:००:०० मा प्रकाशित

ललितपुर । ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
नेपाल प्रहरीसँगको सहकार्यमा महानगरले सुनाकोठी, बुङमती, फर्सिडोल,खोकना, धापाखेल नागदह खण्डमा सिसिटिभी क्यामेर जडान गर्न लागेको हो ।
महानगर र जिल्ला प्रहरी परिसरबीच क्यामेरा जडानसम्बन्धी समझदारीपत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकले हस्ताक्षर गरे ।
महानगर प्रमुख महर्जनले प्रहरीलाई तीन करोड ५० लाखको चेक हस्तान्तरण गरे ।
महानगर प्रमुख चिरीबाबु महर्जनले सिसीटिभी क्यामेरा जडान नभएको रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने बताए ।
अबको तीन वर्षभित्र महानगरका सबै सडकमा स्मार्ट सडक बत्ती जडान हुने धारणा राख्दै स्मार्ट सडक बत्ती जडान भएको रुटमा सिसिटिभी क्यामेरा जडान गरिने छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गाँस, बास र कपास पछिको आधारभूत आवश्यकता सुरक्षा भएको बताए ।
उहाँले सिसिटिभी जडान प्रहरीसँगको महानगरको सहकार्यसँगसँगै नगरवासीको सुरक्षा भएको जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस