मलेसियाविरूद्ध नेपालकाे दाेस्राे जित
- गाउँ सहर संवाददाता
- १८ जेठ बिहीबार, २०८० | १२:०५:०० मा प्रकाशित

काठमाडौं । टी–२० शृंखलाको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टिमले मलेसियालाई २७ रनले पराजित गरेको छ । मलेसियालाई हराएसँगै नेपालले ५ खेलको शृंखलामा २–१ ले अग्रता लिएको छ ।
टस हारेर पहिला ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रनको लक्ष्य मलेसिया सामु प्रस्तुत गरेको थियो । दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनायो ।
नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित २७ रनको इनिङ खेलिन् । ज्योती पाण्डेले २३ रन योगदान गर्दा, सिता राना मगरले २१ रन र इन्दु वर्माले २० रन जोडे ।
मलेसियाको बलिङमा निक नुरले २ विकेट लिँदा ऐस्या इलेसा र विनीफर्डले समान एक विकेट लिए । मलेसियाको ब्याटिङमा माहिराले सर्वाधिक ४४ रन योगदान गर्दा विनीफर्डले २० रन जोडिन् । त्योबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यस्तै, नेपालका कविता कुँवर, सिता राना मगर र इन्दु वर्माले समान एक विकेट लिए ।
पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ७ विकेटको शानदार जित निकाल्यो । पाँच खेलको शृंखलामा नेपालले अब चौथो र पाँचौं खेल शनिबार र आईतबार खेल्नेछन् । शृंखला जित्न नेपाललई अब एक जित पर्याप्त हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस