उत्पादन, निर्माण र थोक तथा खुद्रा व्यवसाय क्षेत्रका ऋणीले सस्तो ब्याजदरको पुनर्कर्जा पाउने
- गाउँ सहर संवाददाता
- ११ जेठ बिहीबार, २०८० | २०:४०:०० मा प्रकाशित
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ऋणात्मक आर्थिक वृद्धिदर रहेका उत्पादन, निर्माण र थोक तथा खुद्रा व्यवसाय क्षेत्रका ऋणीले सस्तो ब्याजदरको पुनर्कर्जा सुविधा पाउने भएका छन् ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घोषणा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ ।
‘कार्यविधिमा क्षेत्रगत आर्थिक वृद्धिदर लगातार दुई त्रैमासमा ऋणात्मक रही क्षेत्रगत मन्दी देखिएका क्षेत्रमा प्रवाह भएको पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ,’ कार्यविधिमा भनिएको छ, ‘तर, उल्लिखित क्षेत्रमा प्रवाह भएको कर्जा भए पनि त्यो व्यापार तथा आयातजन्य व्यवसायलाई प्रवाहित कर्जाको हकमा पुनर्कर्जा सुविधा पाइने छैन ।’
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आव २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर पौने २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । यस अवधिमा उत्पादन, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुनुका साथै अन्य क्षेत्रको वृद्धिदरमा पनि कमी आएकाले समग्र अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।
सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा आर्थिक वर्ष ०७९/८० को वार्षिक लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रको विस्तार खुम्चिने प्रक्षेपण गरेको हो । तर उक्त अवधिमा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
गत आर्थिक वर्षमा कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने प्रक्षेपण गरेकामा अहिले ६.६१ प्रतिशतको संशोधित अनुमान गरेको छ । यस वर्ष विद्युत् र होटेल क्षेत्रको वृद्धिदर निकै राम्रो भए पनि कुल जिडिपीमा यस क्षेत्रको भार निकै कम रहेकाले समग्र जिडिपीमा खासै असर नपरेको कार्यालयले प्रस्ट्याएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस