युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ आज देखि बिक्री खुला
- गाउँ सहर संवाददाता
- ११ जेठ बिहीबार, २०८० | १२:४४:०० मा प्रकाशित

काठमाडाैं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ आज देखि बिक्री खुला भएको छ। लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको १०० दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेकाे हाे ।
उक्त एफपिओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ २५ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले उक्त सेयर निष्कासन गरेकाे हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस