साविक लेखनाथका वडाको विकासका लागि योजना ल्याउने बारे छलफल
- गाउँ सहर संवाददाता
- १० जेठ बुधबार, २०८० | २१:०२:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३० को सभाहल सोमवार मध्यान्न देखि नै राजनीतिकर्मी, स्थानीय विकासप्रेमी, सामाजिक संघ संस्थाका अगुवाहरु लगायत पूर्व जनप्रतिनिधीहरुको उपस्थितीले खचाखच देखिन्थ्याे ।
साविक लेखनाथ नगरपालिकाको झल्को मेटाउने खालको सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्धेश्य थियो साविक लेखनाथ नगरक्षेत्र भित्र रहेका वडावासीबाट आर्थिक वर्ष २०८०/८१ मा समेट्न सकिने योजना बारे छलफल ।
साविक लेखनाथ नगर क्षेत्र भित्र वडा नं २६ देखि ३२ सम्मका सातवटा वडाअध्यक्षहरुले राखेको कार्यक्रममा उपस्थित महानुभवहरुले धमाधम उठदै बाटो, पुल पुलेसा, ताल संरक्षण लगायतका सानातिना योजनाको आवश्यकता दर्साउन के खोजेका थिए विचैमा उठेर वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले महानगर, प्रदेश र संघीय सरकारले गर्ने खालको योजना मात्र भन्ने अनुरोध गरेपछि मुख्य विषय वस्तुमा प्रवेश गरेको थियो ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लेखनाथ नगर क्षेत्रमा संचालन गर्न सकिने र आवश्यक खालका ठूला योजनाका बारेमा सुझाव संकलनका लागि राखिएको कार्यक्रममा झण्डै दुई दर्जन भन्दा बढीले साविक लेखनाथ नगरपालिका पुनस्थापनाका बारेमा नै आवाज उठाएका थिए भने कतिले अब जे भयो त्यसलाई स्वाभाविक सम्झेर विकासका योजनाका लागि सामुहिक धारणा ल्याउनु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रम चलिरहँदा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितीले सहभागीहरु उत्साहित भएको देखिन्थे । सोही अवसरमा सबैको प्रतिनिधित्व गर्दै लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले यस पूर्व उठेका योजनाहरुका बारेमा जानकारी गराउँदै विषेश गरी विकासका लागि दीर्घकालिन र गौरवका योजनाहरुलाई समावेश गरिदिनका लागि प्रमुख धनराज आचार्यलाई अनुरोध गरेका थिए ।
समग्र पोखरा उपत्यकाको विकासका लागि पञ्च वर्षीय गुरु योजना आवश्यक पर्नेमा सबै सहभागीहरुको एउटै आवाज थियो भने पोखरा ३२ को लामेआहालमा टर्मीनल वसपार्क, लेखनाथ क्षेत्रलाई केन्द्रित गरेर औधाेगिक क्षेत्र ,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,सातताल जोड्ने लिङक रोड, बेगनासताललाई पर्यटकीय हवका रुपमा विकास गराउनु पर्ने लगायतका सुझाव दिइएकाे थियाे ।
सोही अवसरमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई अब नयाँ पोखरा बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै नयाँ पोखराको थालनी लेखनाथबाट हुने विश्वास दिलाएका थिए । पोखरामा कतिपय कुरा सुधार गर्नै नसकिने अवस्थामा रहेकाले लेखनाथ नै नयाँ पोखरा बनाउने हो प्रमुख आचार्यको भनाई रहेको थियो ।
वडा नं ३२ का अध्यक्ष अकंलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले गरेका थिए भने कार्यक्रम संचालन वडा नं ३० वडाअध्यक्ष दुर्गा सुवेदी र धन्यवाद ज्ञापन वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस