सिडेन सातौँ कार्यकारिणी समितिको अध्यक्षमा लक्ष्मण केसीकाे बलियाे उम्मेदवारी
- गाउँ सहर संवाददाता
- १० जेठ बुधबार, २०८० | २०:१८:०० मा प्रकाशित

काठमाडाैँ । सिडेन सातौँ कार्यकारिणी समितिको निर्वाचनकाे अध्यक्षमा लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । केसीसँग सिडेनको संस्थापक सदस्य तथा कार्यकारिणी समितिको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव रहेको छ ।
काठमाडाैं क्षेत्र नं- ६ बाट नेपाली कांग्रेसको राजनीतिमा महाअधिवेशन प्रतिनिधि रहिसकेका केसी अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय University of Hawaii बाट Transportation and Environmental Engineering मा स्नातकोत्तर उपाधी हासिल गरी स्वदेश फर्किएका हुन् । विश्वको पहिलो प्राथमिकतामा परेको देशबाट नेपाल फर्किनु आफैँमा चुनौतीपूर्ण कुरा हुँदाहुँदै पनि देशलाई आफ्नो पेशाबाट केहि टेवा पुर्याउन सकिन्छ भन्ने उच्च आकांक्षासहित स्वदेश फर्किएको उनको अनुभव छ ।
सिडेन सातौँ कार्यकारिणी समितिको निर्वाचनमा, सिडेनलाई 'Profession र Politics को Interface' को रुपमा अघि बढाउने उद्येश्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएका केसी इन्जिनियरिङ समुदायमा प्रभावशाली ब्यक्तिका रुपमा परिचित छन् । इन्जिनियरिङ क्षेत्रमा छुट्टै पहिचान बनाएका केसीलाई अध्यक्षको सबैभन्दा बलियो उम्मेदवारको रुपमा आंकलन गरिएको छ । केसी उपाध्यक्ष रहेको पाँचौँ कार्यकारिणी समितिले उनकै नेतृत्वमा सिडेनको इतिहासमै पहिलो पटक National Convention गरिएको थियो ।
पूर्वाधार, उर्जा लगायतका ४ वटा Theme राखेर उक्त Convention सफलापूर्वक सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस