विमानस्थलको कुरा गर्ने तर जहाज सुरक्षाको विषयलाई जोड्न नसक्ने : नेकपा एसका अध्यक्ष नेपालले
- गाउँ सहर संवाददाता
- ८ जेठ सोमबार, २०८० | १२:२५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा भने आफूलाई शङ्का लागेको बताए ।
‘आर्थिक वृद्धि, कृषि उत्पादन, पर्यटन प्रवर्द्धन, विकास निर्माणसँगै सामाजिक न्याय यस्ता धेरै कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिएकाे’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘हाम्रोमा बोल्ने एक तर गर्ने अर्को संस्कृति छ । यसलाई सरकारले ख्याल गर्नुपर्छ ।’
नेपालले भने, ‘मैले मनन गरिरहेको छु, कुनै सरकारको पालामा मिति नै तोकेर रेलको टिकट कटाइयो, पानी जहाजको ठुलठुला गफ चुटियो । अर्बौ लगानीको टावर खडा गरियो । तर त्यो अर्बौको टावरबाट के हेर्ने हो ? कुनै पत्तो छैन’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘म पनि प्रधानमन्त्री भइसकेको मान्छे हुँ’ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंकित गर्दै उनले भने, ‘आफ्नो पालामा चाहिँ सबै राम्रो भएको तर अर्कोको पालामा सबै बिग्रियो भन्ने ? मेरै पालामा निजगढ विमानस्थलको निर्माणको डीपीआर तयार भएको हो । अहिले यो बजेटको प्राथमिकतामा परिरहेको छैन ।
विमानस्थलको कुरा गर्ने तर जहाज सुरक्षाको विषयलाई जोड्न सकेनौँ । त्रिभुवन विमानस्थलको विकल्पमा निजगढ विमानस्थलको आवश्यक किन बन्दैन, यसको प्राथमिकता किन पर्दैन ? पोखरा विमानस्थल बनिसक्यो, गौतम बुद्ध विमानस्थल बनिसक्यो अब निजगढ विमानस्थल आवश्यक छैन भन्ने होइन ।’ यस्ता आयोजनाहरू निर्माण गर्न समय तोकेर नै जानुपर्ने उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस