राजनीति
तनहुँ–१ : रास्वपाका उम्मेदवार वाग्लेकै अग्रता
- गाउँ सहर संवाददाता
- ११ बैशाख सोमबार, २०८० | १७:२५:०० मा प्रकाशित

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १५९५८ मत प्राप्त गरे ।
वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९१२० मत प्राप्त गरेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ५१६६ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।
तनहुँको मतगणना गएरातिदेखि सुरु भएको जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस