दिगोविकास

राष्ट्रिय जनगणना-२०७८ : नगरपालिका तथा गाउँपालिका स्तरीय नतिजा सार्वजनिक

  • १० बैशाख आइतबार, २०८० | १७:३२:०० मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना–२०७८ को नगरपालिका तथा गाउँपालिका स्तरीय विस्तृत नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीमा आज पत्रकार सम्मेलन गरी कार्यालयले नगरपालिका तथा गाउँपालिका स्तरीय विस्तृत नतिजा सार्वजनिक गरेको हो  ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा नगरपालिकाहरूमा बस्ने जनसङ्ख्या  १ करोड ९२ लाख ९६ हजार ७ सय ८८ एवं (६६ दशमलब २) प्रतिशत र गाउँपालिकामा बस्ने जनसङ्ख्या ९८ लाख ६७ हजार ७ सय ९० एवं (३३ दशमलब ८) प्रतिशत रहेको  छ ।

यस्तै, तथ्याङ्कमा पाँच वर्ष वा सोभन्दा मुनिका कुल ३० लाख ७ हजार ६ सय ४८ जना बालबालिका मध्ये नगरपालिकाका २८ दशमलब ८ प्रतिशत बालबालिकाको र गाउँपालिकाका  २४दशमलब ६ प्रतिशत बालबालिकाको अझै पनि जन्मदर्ता नगरिएको पाइएको छ । 

यस्तै, गाउँपालिकाका ६ प्रतिशत परिवारसँग अझै पनि शौचालय नभएको पाइएको छ भने नगरपालिकाका ३ दशमलब ८ प्रतिशत परिवारसँग शौचालय छैन ।

यस्तै, तथ्याङ्कमा महिलाका नाममा  घर र जग्गा दुवै भएका परिवारहरू  नगरपालिकामा १३ दशमलब ६ प्रतिशत र गाउँपालिकामा ८ दशमलब ६ प्रतिशत रहेका छन् ।

तपाईँको मत