नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
- गाउँ सहर संवाददाता
- २९ चैत बुधबार, २०७९ | ०७:२०:०० मा प्रकाशित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ ।
महासंघको विधानअनुसारअनुसार ६३ पदाधिकारीका लागि निर्वाचन हुने भएपनि कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ ।
सर्वसम्मत निर्वाचन हुनेमा कार्यसमिति सदस्यतर्फ लुम्बिनी प्रदेशबाट जम्शेर मिया छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल के.सी., संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल रहेका छन् ।
एक वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले उमेदवारी दिएका छन् । तीनजनामध्ये एक जना महासंघको वरिष्ठ उपाध्यक्ष चुनिने छन् । त्यस्तै, उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीनजना उपाध्यक्षका लागि आठजनाले उमेदवारी दिएका छन् ।
महासंघको उद्योग वाणिज्यतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । वस्तुगततर्फ मनिषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै, एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।
विधानअनुसार कार्यसमिति सदस्यमा सात प्रदेशबाट सातजना, उद्योग वाणिज्य संघबाट १८ जना, वस्तुगत संघबाट १४ जना, एसोसिएटबाट १९ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एकजना र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य रहनेछन् । सात प्रदेशमध्ये लुम्बिनी र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत भएका छन् भने संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत भएका छन् ।
उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले प्रस्तिस्पर्धा गर्दै छन् भने वस्तुगत संघतर्फ १४ जना कार्यसमिति सदस्यका लागि २८ जनाले प्रस्तिस्पर्धा गर्दैछन् । त्यसैगरी एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले प्रस्तिस्पर्धा गर्दैछन् ।
विधानअनुसार तीन वर्षपछि अध्यक्ष बन्नको लागि यो अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपर्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस