यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित
- गाउँ सहर संवाददाता
- ९ चैत बिहीबार, २०७९ | ०७:५८:०० मा प्रकाशित

काठमाडौं । यू–१७ महिला साफ च्याम्पियनसिपमा भुटानलाई ५–० गोलको नतिजामा पराजित गर्दै नेपालले पहिलो जित निकालेको छ ।
बङ्गलादेशको ढाकामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन वर्षा ओली र सेनु परियारले दुई–दुई गोल गरे । भने, दीपा रोकायाले एक गोल गरिन् ।
खेलको १६औँ मिनेटमा वर्षाको गोलमा नेपालले अग्रता लिएको थियो । दीपा रोकायाले ३०औँ मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । सेनु परियारले ३४औँ मिनेटमा गरेको गोलमा नेपालले अग्रता फराकिलो पारेको थियो ।
पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा भुटानमाथि दुई गोल थप्यो । वर्षाले खेलको ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् । सोनुले ५८औँ मिनेटमा पाँचौँ गोल गर्दै नेपालको जित ५–०ले सुनिश्चित गरेकी थिइन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलको नतिजामा पराजित भएको थियो । प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग १२ गते प्रतिस्पर्धा गर्नेछ । भने, लिग चरणको अन्तिम खेलमा १४ गते घरेलु टिम बङ्गलादेशको सामना गर्नेछ ।
नेपालसहित, भारत, बंगलादेश भुटान र रसियाको सहभागिता रहेको प्रतियोगितामा लिग चरण सकिँदा तालिकाको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
प्रतिकृया दिनुहोस