हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- गाउँ सहर संवाददाता
- ३० बैशाख मंगलबार, २०८२ | १६:५४:०० मा प्रकाशित

काठमाडौं । आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ।
यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित निकाल्न सफल भयाे ।
नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन हङकङले २ विकेट गुमायो। केरी चान गोल्डेन डक आउट हुँदा कपमतान नताशा माइल्स पनि रनको खाता नखोली आउट भए। कविता कुँवर र पुजा महतोले पहिलो र दोस्रो विकेट लिए।
यसपछि मारिको हिल र यसमिन दसवानीले तेस्रो विकेटको लागि २७ रनको साझेदारी गर्दै हङकङलाई जिततर्फ डोर्याए। मारिकोले ११ बलमा ११ रन बनाइन्। उनी रिया शर्माको बलमा आउट भईन्। यासमिन अविजित ३ रनमा क्रिजमा रहिन्।
यसअघि बैंकक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा हिजो रातिको वर्षाले मैदान भिजेको कारण खेल निकै ढिला गरी सुरू भयो।
खेललाई ५ ओभरमा घटाएर सुरूवात गरियो। जहाँ टस जितेर हङकङले पहिले नेपाललाई ब्याटिङको लागि उतार्यो।
नेपालले ५ ओभरमा ३ विकेट गुमाउँदै मात्र २९ रन जोड्न सक्यो। ओपनर कविता कुँवर मात्र २ रनना र सम्झना खड्का १० रन जोडेर आउट भए।
१३ रन बनाउँदा नेपालले दुई ओपनरलाई गुमायो। यसपछि कप्तान इन्दु बर्मा र पूजा महतो क्रिजमा थिए। ठुलो सट खेल्ने क्रममा पुजा इक्रा सहरको बलमा नताशा माइल्सको बलमा मात्र ३ रन जोडेर क्याच आउट हुन पुगिन्।
ब्याटिङमा संघर्ष गरेको नेपालले ४ ओभरको समाप्तिमा ३ विकेटको नोक्सानीमा मात्र २३ रन बनायो। इन्दु अविजित ९ रनमा र रुबिना क्षेत्री अविजित ४ रनमा क्रिजमा रहे।
सुपर थ्री प्रवेशको लागि जित नेपाललाई जरूरी थियो। तर नेपालले ब्याटिङमा फितलो प्रदर्शन गर्यो। ५ ओभरको खेलमा मात्र सम्झनाले एक चौका प्रहार गरिन्।
बलिङमा केरी चान, एलिसन सिउ र इक्रा सहरले १-१ विकेट लिए। नेपालले तीन खेलमा ३ अंक बनाएको छ।
यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वेट आउट फिल्डको कारण रद्द भएको थियो। नेपालले दोस्रो खेलमा भने बहराइनलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको थियो।
क्वालिफायरमा नेपाल सहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धा जारी छ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।
समूह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्। समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
- प्रधानमन्त्रीकाे उपस्थितिमा ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे ग्वार्काेकाे ओभरपास
- रास्वपा र राप्रपाले बहिष्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
प्रतिकृया दिनुहोस