उपराष्ट्रपतिका उमेदवार रामसहाय यादवविरुद्ध एमालेले हाल्याे उजुरी
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शनिबार, २०७९ | १८:४४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपराष्ट्रपति पदका उमेदवार रामसहाय यादवविरूद्व उजुरी दिएको छ । निर्वाचन आयोगमा एमालेले यादवको उमेदवारीविरुद्ध उजुरी दिएको हो ।
राष्ट्रपति पदमा पुरुष उमेदवार निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा महिला उमेदवार हुनु पर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमालेले उजुरी दिएको हो ।
शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिएका हुन् ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेका सांसद बर्तौलाले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि (आइतबार) १२ बजेसम्म छानबिन गर्ने समय छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
प्रतिकृया दिनुहोस