राजनीति

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ मत दिन आग्रह गर्दै पुगे नेकपा एस र रास्वपाकाे कार्यालय

काठमाडौं । राष्ट्रपति चुनावमा भोट माग्न सुवास नेम्बाङ विभिन्न पार्टीका कार्यालयमा पुगेका छन् । 

राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेका थिए । तर नेकपा एमालेका नेताहरूलाई नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको बताए ।

उनले भने, ‘त्यो कुरा उहाँहरूले पनि बुझ्नुभएको छ । समयमा काम गरिएन भने पानी अगाडि बढिसक्छ खोलामात्रै हेर्नुपर्ने मात्रै पनि हुनसक्छ । त्यसैले एकले अर्काको नैतिक र राजनीतिक बन्दनलाई बुझेर हामीले भेटघाट कायक्रम समाप्त पारेका छौं ।’

पहिलो पटक दुई पार्टीबीच औपचारिक छलफल सुरू भएकाले बैठकमा नकारात्मक कुरा हुनुपर्ने कुनै कारण नहरेको बताए ।

उनले भने, ‘नेकपा एमालेले हाम्रो पार्टीको अस्तित्वमाथि अनेकौँ कुरा भनेको सबैलाई थाहा छ । त्यही पार्टीले आज पार्टी कार्यालयमा आएर औपचारिक संवाद गर्नु परिवर्तनको संकेत पनि हो ।’

त्यसैगरि राष्ट्रपति चुनावमा भोट माग्न सुवास नेम्बाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेका छन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी पार्टीका केही नेतासहित बसुन्धरामा रहेको रास्वपाको कार्यालयमा पुगेका हुन् ।

उनले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरेका रास्वपाका एक नेताले बताए ।

राष्ट्रपति चयनका लागि २५ गते मतदान हुने छ । एमालेबाट नेम्बाङ र नेपाली कांग्रेससहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत