समाज

महाशिवरात्री पर्वबाट नेपाललाई के फाइदा ?

काठमाडाैं । नेपालमा महाशिवरात्री पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको छ । महाशिवरात्रीको बेला काठमाडाैंकाे पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ।

पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

तीर्थालु तथा पर्यटकहरूले पशुपतिनाथको मन्दिरमा पनि भेटीघाटी, दान दक्षिणा, दस्तुर वा अन्य स्वरूपमा आर्थिक फाइदा पुर्‍याइरहेका हुन्छन् ।

छिमेकी भारत, मलेशिया, इन्डोनेशिया, मरिसस अन्य देशबाट आएकाहरूले पशुपतिनाथमा वर्षेनी करोडौँ रूपैयाँ नगद र सुनचाँदी जस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गर्दछन् । 

महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ।

आर्थिक र आध्यात्मिक लाभसँगै महाशिवरात्री पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत